सिटिजन्स बैंकको को मोबाइल एपबाट सीआरएन तथा डिम्याट नम्बर हेर्न पाइने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङमार्फत् सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको शुरुवात गरेको छ ।

बैंकले आपm्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेवव ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो ।

यो सेवा प्रारम्भ भएसंगै प्राथमिक सेयर निश्कासनको समयमा आवश्यक सीआरएन नम्बर याद गरिरहन पर्ने झण्झटबाट ग्राहक मुक्त हुने विश्वास बैंकले गरेको छ ।

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवम् नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत् भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।

यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बिश्वास समेत बैंकले लिएको छ ।

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु