पाँचतारे होटल ‘हायात प्लेस’ले आइपीओ जारी गर्ने



काठमाडौं । केही साताअघिदेखि सञ्चालनमा आएको पाँचतारे होटल हायात प्लेसले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो ।

होटलले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।

यसका लागि कम्पनीका तर्फबाट अध्यक्ष शक्ति गोल्यान र क्यापिटलका तर्फबाट सीइओ पारणमणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गत कात्तिक १५ गतेदेखि सोल्टीमोडमा होटल सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल। हरिशचन्द्र सुवेदीलगायत व्यवसायीको लगानी छ ।

होटलमा १५३ वटा रुम छन् भने होटलमा लाइभ म्युजिकसहितको रेष्टुराँ, ब्यांवेट हल, जीम, स्वीमिङ पुल र ४ सयजना अट्ने क्षमता भएको कन्फरेन्स हल समेत छ ।

अमेरिकामा रहेको हायात होटल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा विश्वाका विभिन्न १ हजारभन्दा ढबी अन्तर्राष्ट्रिय स्तरका हायात होटल स्थापना भइ सञ्चालनमा छन् ।


क्लिकमान्डु