नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् ।

हाल बैंकको चुक्तापुँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ छ ।


क्लिकमान्डु