पहिले पूर्ण डिजिटल कारोबार लागू गरौं, त्यसपछि क्रिप्टोकरेन्सी : मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भएपनि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भने, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’

पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताए ।

‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भने, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनले बताए ।


क्लिकमान्डु