नेप्से ३२.२९ अङ्कले घट्दा मानुषीको सेयरमा सर्किट



काठमाडौं । सोमबार झिनो अङ्कले सुधार भएको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३२.२९ अङ्कले घटेर २ हजार ७३३.१४ मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सििमत भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये अन्य उपसमूहको सेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो । बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानी कोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनकिो ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८ बराबरको कारोबार भएका छन् ।

मानुषी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्दा दूरसञ्चार कम्पनी २.५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डले १.९१ प्रतिशतले कमाएको छ ।

त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिंगटी हाइड्रोपावरले ४.७८ प्रतिशतले गुमाएको छ ।


क्लिकमान्डु