नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले तलब ३ करोड ६ लाख



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ज्योति पाण्डेले गतवर्ष ३ करोड ६ लाख तलब भत्ता बुझेका छन् । उनको तलब सुविधा अघिल्लो वर्षको तुलनामा नबढेको देखियो ।

बैंकले सार्वजनिक गरेको गतवर्षको वार्षिक वित्तीय विवरण अनुसार बैंकले प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई १ करोड ६० लाख तलब,१ करोड ७ लाख भत्ता,२२ लाख ३३ हजार दशैं भत्ता दिएको छ । १६ लाख रुपैयाँ उनको संचय कोषमा रकम जम्मा भएको छ । यसमा पाण्डेले कर भने तिर्नुपर्छ ।

बैंकले सीइओ बाहेक उच्च व्यवस्थापनको लागि २४ करोड ७५ लाख खर्च गरेको छ । उच्च व्यवस्थापन पदमा रहेका ११९ जना कर्मचारीलाई दिएको तलब भत्ता हो ।


क्लिकमान्डु