सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ्ग सेवा अब कमलादीबाट



काठमाडौं । सिटिजन्स बैंकले कमलादीबाट प्रिभिलेज बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि कमलादीबाट यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

यसअघि बैंकको प्रधान कार्यालयबाट प्रिभिलेज सेवा दिँदै आएको थियो । अब ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरेको जानकारी गराएको छ ।

बैंकले १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु