कति पर्छ कोठा तातो बनाउने हिटरको मूल्य ?



काठमाडौं । चिसो मौसम शुरु भइसकेको छ । चिसो मौसममा विभिन्न प्रकारका तातो लत्ताकपडा, इक्ट्रोनिक्स सामग्री, जुत्ता र बाक्लो लुगालगायत अन्य तातो बनाउने सामग्रीका अत्यधिक खपत बढी हुन्छ ।

व्यवसायी तथा कम्पनीहरुले पनि चिसो मौसमलक्षित सामग्री आयात र उत्पादन शुरु गरेका छन् । बजारमा अहिले चिसो मौसम शुरु भएसँगै बाक्लो लत्ताकपडालगायत तातो सामग्रीको व्यापारमा चहलपहल शुरु भएको देखिन्छ ।

साथै, सार्वसाधारणले चिसो मौसमलाई आवश्यक पर्ने सामग्री जुटाउन थालिसकेका छन् । त्यस्तै, जाडो मौसममा धेरैभन्दा धेरै प्रयोग हुने इलेक्ट्रोनिक सामग्री हो तातो बनाउने हिटर ।

चिसो मौसममा अत्यधिक चिसो हुने भएकाले सर्वसाधारणहरूले तातो बनाउनका लागि विभिन्न प्रकारका हिटरलगायत अन्य सामग्री खरिद गर्न थालिसकेका छन् ।

आफ्नो कोठा तथा शरीरलाई न्यानो बनाउनका लागि विभिन्न प्रकारका इलेक्ट्रोनिक्स् हिटर प्रयोग गर्ने प्रवृत्ति छ ।

बजारमा विभिन्न प्रकारका विभिन्न कम्पनीका हिटर उपलब्ध छन् । त्यसमा आफूलाई आवश्यक पर्ने पूँजीको आधारमा विभिन्न प्रकारका हिटर खरिद गरी प्रयोग गर्न सकिन्छ ।

नेपालमा उपलब्ध ब्रान्डअनुसार बजारमा ७ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको उपलब्ध रहेको कम्पनीहरूको भनाइ छ । सर्वसाधारणहरूले आफूलाई आवश्यक पर्ने हिटर सहजै खरिद गर्न सक्ने कम्पनीहरूको भनाइ छ ।

कुन कम्पनीको कति मूल्य ?
बाल्ट्राः
बाल्ट्रा कम्पनीले चिसो मौसम शुरु भएसँगै विभिन्न नाराका साथ आफ्नो इलेक्ट्रोनिक सामग्री सार्वजनिक गरेका छ । कम्पनीसँग १ हजारदेखि ५ हजारसम्म मुल्य पर्ने हिटर उपलब्ध छ । जसमा कम्पनीले आफ्नो रकम र सहजताका लागि खरिद गरी प्रयोग गर्न सक्नेछन् । कम्पनीकाअनुसार सेवाग्राहीले अनलाइनमार्फत् र अन्य बिक्री गर्न राखेको पसलहरूबाट लिन सक्नेछन् ।

कम्पनीले सबैभन्दा सस्तो मूल्यमा बाल्ट्रा बीटीएच १२५ र बीटएएच बाल्ट्रा क्वाटर्ज फ्लेम हिटर १ हजारदेखि ११ सय रुपैयाँमा बजार पाइने जनाएको छ । साथै, कम्पनीले सबैभन्दा महंगो बाल्ट्रा पर्ल पीटीसी बीटीएच ११५ को मूल्य ५ हजार रुपैयाँ तोकेको छ । सर्वसाधारणले आफूलाई उपयुक्त हुने गरी १ हजारदेखि ५ हजारसम्म मूल्य भएका हिटर खरिद गर्न सक्नेछन् ।

सिजीः सिजी कम्पनीले पनि चिसो मौसमलाई आवश्यक सम्पूर्ण सामग्रीको विक्री वितरण शुरु गरेका छन् । कम्पनीसँग हाल सीमित संख्यामा हिटर उपलब्ध छ । तर, कम्पनीले यही महिनाभित्रमा सबै प्रकारका ग्राहकलक्षित विभिन्न प्रकारका हिटर बजारमा प्रदान गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीसँग चिसो मौसमका लागि ग्यास रुम हिटर, क्वाटर्ज हिटर, इलेक्ट्रिक हिटर, फ्यान हिटर, हलागेन र रुम हिटर उपलब्ध छ । तर कम्पनीसँग अहिले सबै प्रकारका हिटर उपलब्ध छैनन् । अहिले कम्पनीमा केन्ट हलोगेन हिटर, कार्बोन हिटर मात्रै उपलब्ध छन् । जसको मूल्य २१ सयदेखि ३ हजारसम्म मूल्यको छ । हाल कम्पनीसँग उपलब्ध नभएपनि ग्राहकहरूले बजारमा वितरण भइसकेको पसलहरूमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

वेगाः वेगा कम्पनीको पनि विभिन्न प्रकारका हिटर उपलब्ध छन् । कम्पनीसँग हाल विभिन्न १५ प्रकारका हिटरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त हिटर र फ्यान हिटरको मूल्य ७ सय रुपैयाँदेखि ४५ सय रुपैयाँसम्मको उपलब्ध रहेको कम्पनीको भनाइ छ । साथै, कम्पनीले बजारमा उपलब्ध रहेका विभिन्न हिटरमा एक वर्षको वारेन्टीको सुविधासमेतको व्यवस्था गरेको छ । त्यसमा मूल्य र प्रकारका फरक पर्ने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोम्याक्सः इलेक्ट्रोम्याक्स कम्पनीले विभिन्न प्रकारका हिटरको मूल्य ९ रुपैयाँदेखि ५ हजारसम्म मूल्यको उपलब्ध रहेको जनाएको छ । कम्पनीसँग ग्राहकलाई आवश्यक सम्पूर्ण प्रकारका हिटर उपलब्ध रहेको कम्पनीको दाबी छ । कम्पनीले माउन्टेन फ्यान हिटर र सामान्य हिटर उपलब्ध रहेको जनाएको छ ।


क्लिकमान्डु