एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा दिपकराज गिरी र दीपाश्री निरौला



काठमाडौं । एभरेष्ट ग्यास संसारले चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ । करिब ३००० डिलरहरुको सञ्जाल माफर्त एभरेष्ट ग्यास संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ ।

एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले चिन्ता व्यक्त गर्दै भने, नेपालको ग्यास बजारमा केहि अब्यवस्थित रहेको बताए ।


उपभोक्ताले एउटा ब्राण्डबाट अर्का ब्राण्डको सिलिण्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । एभरेष्ट ग्यास संसार मार्फत ७ वटा ब्राण्ड छन् । जुन परिवर्तन गर्दा शुल्क लाग्दैन ।

दीपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्यास भनेको धर्म,जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो ।


क्लिकमान्डु