टाटा मोटर्सद्वारा एक्सचेञ्ज क्याम्प आयोजना



काठमाडौं । टाटा मोटर्सका एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।

कार्यक्रम मंसिर ३ गतेदेखि ७ गतेस मुलुकभरका टाटा मोटर्सका शोरुममा आयोजना हुनेछ ।

ग्राहकले शोरुममा गएर कार्यक्रममा सहभागी भई अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोरलगायतका गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै, एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यसका साथै फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषण रहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु