सिटी एक्सप्रेसद्वारा बाँकी ५ जना लखपति बिजेताको नाम घोषणा



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको ५ भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ ।

योसँगै योजना समापन भएको घोषणा समेत गरेको छ । योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकीे, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन विजेता भएका छन् ।

कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायोे’ नामक योजना गत भदौ ३१ गतेदेखि शुरु गरेको थियो ।

योजना अन्तर्गत लक्की ड्रमार्फत् ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरेको छ । साथै, हरेक महिना ५ जनालाई १÷१ लाख गरी २ महिनासम्म १० जनाले उपहार जितेका छन् ।

कम्पनीका अनुसार यसअफरमा असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी गराइएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु