नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ योजना सञ्चालनमा



काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ प्रडक्ट सञ्चालनमा ल्याएको छ ।

खाता मासिकरुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

ग्राहकलाई सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता हो ।

यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सीमा तोकिएको छैन र यस योजनाअन्तर्गत तीन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिन सक्ने बैंकको भनाइ छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १,५०० भन्दाबढी नबिल रेमिट एजेन्टमार्फत् सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु