गरिमा विकास बैंकले पायो ऋणपत्र निष्कासन अनुमति, कति पाइन्छ ब्याज ?



काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले ८.७५ % ७ वर्ष गरिमा डिबेञ्चर, २०८५’ निष्काशन गर्न अनुमित पाएको हो ।


बैंकले १ अर्ब रूपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणलाइ ४ लाख कित्ता निष्काशन गर्ने छ भने बाँकी रहेको ६ लाख कित्ता आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । ऋणपत्रले ८.७५ प्रतिशत ब्याज दिनेछ ।


क्लिकमान्डु