नबिल बैंकद्वारा प्रिमियम रेमिटेन्स सेभिङ खाता सञ्चालनमा



काठमाडौं । नबिल बैंकद्वारा प्रिमियम रेमिटेन्स सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यो बचत खातामा बैंकले सबैभन्दा बढी ब्याजदर दिने जनाएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु सेवा दिदै आएको छ ।


क्लिकमान्डु