राष्ट्र बैंकले ३० करोड लगानी गर्ने, यस्ता छन् शर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले ३६६ दिनको लागि मुद्दती निक्षेपमा लगानी गर्न चाहनेको लागि ब्याजदरसहित प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २४ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ५० र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लिन चाहनेले मंसिर ५ गते २ बजेसम्म राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने छ ।

यसको लागि राष्ट्र बैंकले केही शर्तहरु पनि तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने छ ।

यस्तै अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने छ ।


क्लिकमान्डु