छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांशमा २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु