सीडी रेसियोमा लचक हुन बैंकर्स संघको माग, कर्जामा संयमित हुन गभर्नरको निर्देशन



काठमाडौं । नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीसँग कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा लचकता अपनाउने नीति लिन माग गरेको छ ।


संघका अध्यक्ष अनिल उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारीसँग भेट गरेरतरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो,लिक्विडिटी रेसियो सिआरआर लगायतका विषयमा केही लचकता अपनाउन माग गरेको छ ।

यस्तै संघले ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र÷विधि पुनरावलोकन गर्ने भनेको छ ।

निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउनुपर्ने एसएमई बण्ड लगायत परिवत्र्य डिबेन्चर जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्न संघले माग गरेको छ ।

पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने सहितको ८ बुँदे माग पेश गरेको छ । यस्तै संघले भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्न माग राखेको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्नुपर्ने माग संघको छ ।
गर्ने ।
बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्न समेत संघको माग छ ।

संघका संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले गभर्नर अधिकारीसँग भेटेका छन् ।

संघका नवनियुक्त अध्यक्ष उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिबृद्घिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्घता व्यक्त गरे ।

साथै, भर्खरै मात्र सम्पन्न ४२ औं सार्क फाइनान्सको अध्यक्षमा चयन भएको शुभकामना दिए ।

भेटमा गभर्नर अधिकारीले कर्जामा संयमित हुन बैंकरलाई आग्रह गरे ।


क्लिकमान्डु