१ लाख २९ हजार ऋणीले लिए १ खर्ब १९ अर्ब पुनरकर्जा



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्र बैंकले १ खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ पुनरकर्जा दिएको छ ।

राष्ट्र बैंकले १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा दिएको हो । यो अवधिमा १ खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८१ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ३२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ असोज मसान्तसम्ममा १ अर्ब ५ करोड स्वीकृत भएको छ ।


क्लिकमान्डु