विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान दिन्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउने बताएका छन् ।

मंगलबार इपानको १९औं र २०औं साधारणसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले यसका लागि सरकारले तयारी गरिरहेको बताए ।

‘सरकारले विद्युतीय सवारी र इन्डक्सन चुल्हो खरिदमा अनुदान दिने तयारी गरिरहेको छ । यसका लागि उर्जामन्त्रीले प्रक्रिया अगाडि बढाउनु भएको छ,’ उनले भने ।

सरकारले स्वदेशमै विद्युतको खपत बढाउनका लागि विभिन्न विधि अपनाएको पनि उनले बताए ।

उर्जा क्षेत्रका निजी लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालबो बिजुली भारतले किन्छ वा किन्दैन भन्नेतर्फ ध्यान नदिन र सकेसम्म स्वदेशमै खपत गर्ने वातावरण बनाउनका लागि सहयोग जरुरी भएको बताए ।

‘तपाईंहरुको साथ र सहयोग आवश्यक छ, बिजुली स्वदेशमै बढीभन्दा बढी खपत गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु