युनिलिभरको नाफा ११०.३२ % ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?




काठमाडौं । युनिलिभर नेपालको नाफा ११०.३२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११०.३२ प्रतिशतले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १२ करोड १ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १ अर्ब २३ करोड ३५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९८ करोड ३९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै अन्य प्रकारको आम्दानी पनि ८९ लाख रुपैयाँबाट बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म लागत खर्च पनि ६८ करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब १२ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २७४ रूपैयाँ र प्रतिसेयर नेटवर्थ ३१०४ रूपैयाँ रहेको छ ।


क्लिकमान्डु