विजय लघुवित्तको लाभांश घोषणा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक जर्ष २०७७/०७८ को मुनाफाबाट २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले २०.०३१ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु