शिवम् सिमेन्टको नाफा २८.२२ % ले घट्यो



काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलोमाको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीकको नाफा २८.२२ प्रतिशतले घटेर २० करोड ८२ लाख ४५ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा २९ करोड १ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने बढेको छ । कम्पनीका अनुसार यो अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी १ अर्ब ९२ करोड ७३ लाख ९४ हजार रुपैयाँबाट बढेर २ अर्ब २० करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कर्जा पदर्थको खपतमा हुने खर्च ८४ करोड ९३ लाख ५१ हजार रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ७६ लाख १४ हजार रुपैयाँ पुगेको छ । यता विद्युत तथा इन्धन उपभोगमा हुने खर्च गत आवको पहिलो त्रैमासमा ४८ करोड ८४ लाख ९ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा घटेर ४८ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा छ ।


क्लिकमान्डु