सांग्रिला डेभलपमेन्ट बैंकले खोल्यो दमक र नारायणपुरमा शाखा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक र दाङ जिल्लाको नारायणपुरमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ ।

दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाएको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु