लक्ष्मी बैंकको १३८औं शाखा संखुवासभाको खाँदबारीमा



काठमाडौं । लक्ष्मी बैंकले १३८औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा ल्याएकोे छ ।

खाँदबारीको सजक टोलमा रहेकोे यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दाबढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु