एलजीको युपी सिरिजको यूएचडी टिभी नेपाली बजारमा



काठमाडौं । एलजी ब्राण्डको आधिकारीक बिक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ यूपी सिरिजको यूएचडी टिभी नेपाली बजारमा ल्याएको छ ।
एलजीको यूएचडी टिभी श्रेणीमा ५० इञ्च, ५५ इञ्च, ६५ इञ्च र ७५ इञ्चको टिभी नेपाली बजारमा ल्याएको हो ।

टिभीमा रियल फोरके डिस्प्ले सँगै तीन साइड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोरके वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आईपीएस प्यानल फोर के, एचजीआईजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडीआर टेक्नोलोजी (एचडीआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको कम्पनीको दाबी छ ।

यस टिभीमा एलजी थिङक्यु एआई टेक्नोलोजी छ । साथै, अमेजोन, ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेयर २ सँग होमकिट जस्ता विशेषता पनि छन् ।

एप्पल एयर प्लेयर २ को मद्दतले तपाईंले आफ्नो आइफोनबाट सिधै स्क्रिन सेयर÷स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेनको मद्दतले तपाईंं आफ्नो टिभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न सक्नुहुनेछ ।


क्लिकमान्डु