हिमालयन बैंकले सिद्धि स्मृति प्रतिष्ठानलाई दियो १२ हजार थान बहिरंग दर्ता किताब



काठमाडौं । हिमालयन बैंक लिमिटेड भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान-७ स्थित सिद्धि स्मृति प्रतिष्ठान-सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान गरेको छ ।

२०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो ।

अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।

विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका छन् ।


क्लिकमान्डु