हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ



काठमाडौं । हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दासलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दासको साथबाट १६ लाख २० हजार ९०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।


क्लिकमान्डु