सुनको मूल्य ३ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य पतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु