प्रधानन्यायाधीद्वारा आन्दोलनरत कानून व्यवसायीलाई वार्ताका लागि आह्वान



काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आन्दोलनरत कानून व्यवसायीलाई वार्ताका लागि आह्वान गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दैै प्रधानन्यायाधीश राणाले विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायापालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न बिग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनि सबैमा हार्दिक अनुरोध गरेका छन् ।

‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ,’ उनले भनेका छन् ।

‘जनताको न्यायीक अधिकारको रक्षा गर्ने कर्तव्य एवम् अधिकार न्यायापालिकासँग मात्रै सुरक्षित रहेको तथ्य स्वीकार गर्दै बार एसोसिएसन र कार्यपालिकाबीच हातेमालो गरी एक अर्काका परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको हाम्रो इतिहार म फेरि स्मरण गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु