११ दिनमा फेरि बढ्यो ‘फ्युल सरचार्ज’, हवाइभाडा २२० रुपैयाँसम्म वृद्धि हुनसक्ने



काठमाडौं । वायुसेवा सञ्चालक संघले ११ दिन पुनः ‘फ्युल सरचार्ज’ वृद्धि गरेको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै संघले पनि फ्युल सरचार्ज बढाएको हो ।

यसअघि कात्तिक १७ गते वृद्धि गरेको ‘फ्युल सरचार्ज’ संघले आइतबार पुनः बढाएको हो ।

‘फ्युल सजचार्ज’ वृद्धि हुँदा यसको असर सिधै हवाइ भाडामा पर्छ । नयाँ कायम गरेको ‘फ्युल सरचार्ज’ काठमाडौं–धनगढीको २२० रुपैयाँ वृद्धि भएको छ ।

उक्त रुटमा यसअघि ४ हजार २ सय ४० रुपैयाँ ‘फ्युल सजचार्ज’ रहेकोमा ४ हजार ४ सय ६० रुपैयाँ पुगेको छ ।

त्यस्तै सबैभन्दा कम डोटी–साँफेबगरको २० रुपैयाँ वृद्धि भएको छ । यसअघि ४ सय रुपैयाँ रहेको उक्त रुटको ‘फ्युल सजचार्ज’ ४२० रुपयाँ पुगेको छ ।


क्लिकमान्डु