सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म सहुलियत मूल्यको पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले देशभरका प्रादेशिक कार्यालयहरू र मुख्य शाखा कार्यालयमा आगामी माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।

कम्पनीको बिक्री विभागले भदौ २९ गतेको परिपत्रबाट दशैं, तिहार र छठलगायतको अवसरमा देशभरका कार्यालयहरूमा असोजदेखि १ गतेदेखि कात्तिक २४ गतेसम्म सहुलिय पसल सञ्चालन गर्ने जनाएको थियो ।

तर, पसल सञ्चालन हुँदै आएकोमा नेपालीहरूको महान पर्वहरूमध्ये माघि पर्व पनि रहेकाले मन्त्रालयको २३ गतेको निर्णयबाट आगामी माघ २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रादेशिक प्रमुख ज्ञानु थापाले कम्पनीले आगामी माघ २ गतेसम्म सञ्चालन हुने बताइन् ।

उनका अनुसार कम्पनीले गत वर्ष पनि माघ २ गतेसम्म सञ्चालन गरेको थियो । यो वर्ष पनि सोहीअनुसार माघ २ गतेसम्म सहुलियत मूल्य बजार सञ्चालन हुनेछ ।

साथै, चाडपर्वमध्ये माघे संक्रान्ति पनि विशेष रुपमा बनाउने भएकाले सो वर्षसम्म सहुलियत पसल सो समयसम्म सञ्चालन हुने उनले बताइन् ।

उक्त समयअवधि देशभरका कार्यालयबाट तोकिएको छुट मूल्यमा खाद्यान्न विक्री वितरण हुनेछ । यता साल्ट ट्रेडिङले भने सहुलियत बजार सञ्चालन नगर्ने भएको छ ।

खाद्य कम्पनीले सहुलियत बजार सञ्चालन गरे पनि साल्ट ट्रेडिङ भने सहुलियत बजार बन्द गरिसकेको र माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय नभएको ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले जानकारी दिए ।


क्लिकमान्डु