राष्ट्र बैंक अझै बिक्री गर्न सकेन नेप्सेमा भएको १४.६० प्रतिशत सेयर



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको १४.६० प्रतिशत सेयर अझै बिक्री गर्न सकेको छैन ।

नेप्सेमा रहेको ३४ प्रतिशत सेयरमध्ये अझैं पनि १४.६० प्रतिशत सेयर बिक्री गर्न नसकेको हो । नेप्सेमा राष्ट्र बैंकको ३४.६० प्रतिशत सेयर थियो ।

राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपालको कार्यकालमा १० प्रतिशत सेयर कर्मचारी सञ्चय कोषले किनिसकेको छ भने लक्ष्मी बैंक र प्रभु बैकले ५/५ प्रतिशत सेयर किनिसकेका छन् । बाँकी रहेको सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार बाँकी रहेको १४.६० प्रतिशत सेयर बिक्रीका लागि कुनै प्रकृया अघि बढेको छैन । बाँकी रहेको सेयर बिक्री गर्न राष्ट्र बैंकको सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

अहिले यसको विषयमा कुनै प्रकृया अघि बढेको उनको भनाइ छ ।

राष्ट्र बैंक अझै पनि नेप्सेमा आफ्नो स्वामित्वमा रहेको बाँकी सेयर बिक्री गर्ने वा नगर्ने भन्ने कुनै निर्णय गरेको छैन ।

नेप्सेमा अब सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको १० प्रतिशत र लक्ष्मी बैंकको ५ तथा प्रभु बैकले ५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु