निफ्राको नाफा ३४.३६ % ले बढ्यो




काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ३४.३६ प्रतिशतले बढेर २४ करोड २० लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसले गर्दा बैंकलाइ नाफा बढाउन सहयोग गरेको देखिएको छ । गत आवको पहिलो त्रैमासमा २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ४१ करोड ३४ लाख १३ हजार रूपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा २५ करोड ७६ लाख ४२ हजार रुपैयाँबाट बढेर ३४ करोड ५७ लाख ४३ हजार रूपैयाँ पुगेको छ । २० अर्ब चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी ४ रूपैयाँ ८४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ २२ पैसा रहेको छ ।


क्लिकमान्डु