लगातार उकालो लाग्दै बिटक्वाइनको मूल्य, प्रति इकाइ १ लाख ३५ हजार डलरसम्म पुग्ने अनुमान



एजेन्सी । पछिल्ला दिनमा पुन भर्चुअल मुद्राको मूल्यमा उच्च अंकले बढेको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार एक पछि अर्को गर्दै नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको भर्चुअल मुद्राको मूल्य प्रति इकाई १ लाख डलर भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

यसै महिना मात्रै बिटक्वाइनको मूल्य ९० हजार अमेरिकी डलर माथि पुग्ने अनुमान गरिएको छ । हाल बिटक्वाइनको मूल्य ६७ हजार ८०३ डलर बराबर पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै त्यस्तो मुद्राको मूल्य दुईगुणाले वृद्धि भएको हो ।

गत जुलाईमा यसको मूल्य ३० हजार डलर बराबर रहेको छ । आगामी जनवरीसम्म १ लाख २० हजार डलरसम्म पुग्न सक्ने अनुमान पनि यसैबीचमा सार्वजनिक भएको छ । पहिलो पटक त्यस्तो मुद्राको बजार पूँजीकरण मात्रै ३ ट्रिलियन डलर पार गरेको छ ।

क्रिप्टोकरेन्सीको मूल्य जबरजस्त रुपमा बढेको छ । क्रिप्टोकरेन्सीमा सबैभन्दा लोकप्रिय मानिएको बिटक्वाइनको मूल्यमा देखिएको वृद्धिलाई भने संसारभरका मानिसहरुले आश्चर्य मान्ने खालको नै रहेको छ ।

बिटक्वाइन जस्तै दोस्रो लोकप्रिय मुद्रा इथरको मूल्यमा पनि तिव्र गतिले वृद्धि भइरहेको छ । इथरको मूल्य हाल ४ हजार ८२५ अमेरिकी डलर पार गरेको छ ।

दुवै मुद्रा अक्टोबरपछि डलरको तुलनामा ७० प्रतिशत बढी प्रतिफल दिएको छ । बिटक्वाइन तथा अन्य मुद्राको अक्टोबरदेखि उच्च अङ्कले वृद्धि भएको छ । पछिल्लो महिना अमेरिकामा क्रिप्टो करेन्सीको एक्सचेञ्ज टे«डेड फण्ड सार्वजनिक भएको थियो । यो पहिल नै बिटक्वाइनले सार्वजनिक गरिसकेको थियो ।

जानकारहरुका अनुसार पछिल्लो साता बिटक्वाइनमा कूल ९.५ करोड डलर बराबरको रकम आएको थियो । सबै डिजिटल सम्पत्तिको तुलनामा यो नै सबैभन्दा ठूलो रकम थियो । जबकी पछिल्ला २ महिनामा २.८ अर्ब डलर बराबरको सम्पत्ति यसमा आएको थियो ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंकले क्रिप्टो कारोबारमा लाग्न आग्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ । यसबाट पनि विश्वव्यापी रुपमा यसको लोकप्रियता झनै बढाएको छ । बैंकले नै आफना ग्राहकलाई त्यसतर्फ लाग्न भनेका कारण पनि अष्टे«लियामा यसको लोकप्रियताको ग्राफ बढ्न गएको हो ।
क्रिप्टोका साथ साथै अन्य मुद्रा विनांस क्वाइन पनि लोकप्रियताको सिढी चढीरहेको छ । त्यसको मूल्य पछिल्लो ७ दिनमा २० प्रतिशतले बढेको छ ।
हाल १३ हजार ७९६ क्रिप्टो कारोबारमा रहेको छ । १५ अक्टोबरमा बिटक्वाइनको मूल्य ६० हजार डलर पुगेको थियो ।

भारतमा मात्रै क्रिप्टोमा १.५ करोड भन्दा बढी लगानी भएको छ । हालसम्म भारतमा क्रिप्टो करेन्सीलाई नियमन गर्ने नियामक निकाय छैन । चीनमा भने यो पूर्ण रुपमा प्रतिबन्ध रहेको छ । अमेरिकमा क्रिप्टोको इटीएफ समेत शुरु भइसकेको छ ।

जानकारहरुकाले बिटक्वाइनको मूल्य लगातार बढ्दै गएर ९८ हजार डलरदेखि १ लाख ३५ हजार डलरसम्म पुग्न सक्ने अनुमान पनि सार्वजनिक गरेको छ । सन् २००८ मा शुरु भएको यो भर्चुअल मुद्रा प्रयोगका हिसाबले सरल भएकाले पनि लोकप्रियता बढीरहेको छ ।


क्लिकमान्डु