सनराइज बैंकले गर्यो लाभांश घोषणा, हालसम्मकै कम
काठमाडौं । सनराइज बैंकले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकले घोषणा गरेको लाभांश मध्ये यो नै अहिलेसम्मकै कम हो ।