प्रि-ओपनिङमा १५.१२ अंकले बढ्यो नेप्से, २३ कम्पनीको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १५‍‍‍.१२ अंकले बढेको छ ।

प्रि-ओपनिङमा २३ वटा कम्पनीको कारोबार भएको छ ।

जसमा १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा नेपाल टेलिकम, एचआइडीसीइल, अरुण काबेली, नेपाल बैंक, नबिल बैंक, नेपाल पुनर्बीमालगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु