बेमौसमी वर्षाबाट धानबालीमा क्षती भएका किसानले राहत पाउने



काठमाडौं । सरकारले बेमौसमी वर्षाबाट धानबाली नष्ट भएपछि पीडामा रहेका किसानलाई राहत दिने भएके छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत राहत दिने भएको हो ।

१० कठ्ठादेखि तीन बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा उत्पादन लागत बराबरको रकम दिने भएको हो ।

राहतको लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।


क्लिकमान्डु