न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, २० लाखको हात खाली



काठमाडौं । हालै मात्र सार्वजनिक निष्काशन गरेको न्यादी हाइड्रोपावरको साधारण सेयर(आइपिओ) शुक्रबार बाँडफाँड गरेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले साधारण सेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेका मध्ये २० लाख ३१ हजार ८८८ जना आवेदकको हात खाली भएको छ । कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

सो कम्पनीको आइपिओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदक मध्ये कूल १३ हजार ९४६ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो ।


क्लिकमान्डु