सीजी हिल्स प्रिमियम भैँसेपाटी हाउजिङ परियोजना, घरको मूल्य १० करोडसम्म



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ नामक हाउजिङ परियोजना शुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

राजधानीमा पछिल्लो समय भिआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटीको विशेष आकर्षणका रूपमा सीजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको छ । सरकारले भैँसेपाटीमा मन्त्रिक्वार्टर लगायत अन्य आवासीय संरचनाहरू निर्माण गरिरहेको छ ।

सीजी डेभलपर्सले सो क्षेत्रमा ६० वटा लक्जरियस घरहरू निर्माण शुरू गरेको छ ।

आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रवन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिदै आउनु भएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो ।

‘सीजी हिल्स प्रिमियम सम्पुर्ण रूपमा एउटा सून्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यसका अलावा यो आफैमा स्टाटस सिम्बोलका रुपमा समेत स्थापित हुनेछ’, परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘सीजीसँग बर्षौदेखि जोडिदै आउनु भएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सून्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौँ र यो उहाँहरुका लागि एउटा दुर्लभ अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ ।’

यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ ।

‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभुति दिलाउन डिजाइनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छौँ’, परियोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाईन नेक्ट लेभलमा पुगोस् भन्ने सोंचकासाथ काम गरिरहेका छौँ । ’

फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ । परियोजना प्रमुख श्रेष्ठले भने, ‘उपभोक्ताबाट प्राप्त प्रारम्भिक रेस्पोन्सवाट हामी निकै उत्साहित छौँ । र, हामीले माग अनुसारको आपूर्ति गर्न नसक्ने अवस्था व्यवहोर्नुपर्नेछ भन्ने स्पष्ट संकेत मिलेको छ ।’

कुन घरको मूल्य कति ?
कम्पनीले विभिन्न चार प्रकारका घरको विभिन्न सेवासुविधा र क्षेत्रफलको आधारमा मूल्य तय गरेको थापाको भनाई छ । जसमा कम्पनीले के–यूपी भिल्ला साढे ३ तल्लाको निर्माण गर्ने भएको छ । उक्त घर ३०५७.५९ स्क्वायर फिटको ६ वटा घर बनाउने तयारी गरेको छ । चार आनामा बन्ने सो घरको मूल्य ७ करोड ६० लाख रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कम्पनीले एमएस भिल्ला ३३ वटा युनिट निर्माण गर्ने भएको छ । उक्त घर ३ तल्लाको २६६९.६३ स्क्वायरफिटमा बन्नेछ । सो घरको मूल्य कम्पनीले शुरुवाती मूल्य ५ करोड ७० लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले एफ प्रकारका ११ वटा युनिट भिल्ला बनाउनेछन् । उक्त घर साढे ३ तल्लाको ३०१७.३९ स्क्वायरफिटमा बन्नेछ । सो घरको मूल्य ६ करोड रुपैयाँ तोकेको थापाले बताए ।

त्यस्तै, कम्पनीले एफबी प्रकारका भिल्ला ६ वाट निर्माण गर्नेछ । उक्त घर साढे ४ तल्लाको ३६४५.०३ स्क्वायरफिटको बन्नेछ । सो घरको मूल्य कम्पनीले ७ करोड रुपैयाँ तोकेको छ ।

२६ रोपनीमा ५६ वटा युनिट बनाउने तयारी गरेको कम्पनीले आगामी १० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी लक्ष्य लिएको छ ।

पाकाअनुसार सो भिल्लाहरूको मूल्य जग्गाको क्षेत्रफल, स्क्यावरफिट र लोकेशनले साढे ५ करोडदेखि १० करोड रुपैयाँ तोकेको हो ।

‘कम्पनीले दशैंतिहार र छठलक्षित औपचारिक रुपमा बुकिङ खुल्ला गरेको हो । त्यसमा कम्पनीले विभिन्न छुटका सो मूल्य गरेको हो,’ उनले भने । साथै, ग्राहकले चाहेको अवस्थामा घर बनाउने जग्गाको क्षेत्रफल र स्क्यावरफिटको आधारमा घरको मूल्य अधिकतम १० करोड तोकेको उनको भनाइ छ ।

कम्पनीले उक्त भिल्लाभित्र स्वीमिङ पुल बगैंचा, अन्डरग्राउन्ड तार, खाने पानीको सुविधासहित २४ सै घण्टा सुक्युरिटी र सीसी क्यामेराको सुविधा हुनेछ । कम्पनीका अनुसार सो घरमा उच्च गुणस्तरीय ढण्डी, ईट्टा, छडलगायत अन्य निर्माण साम्रगीको प्रयोग भएको जनाएको छ ।

साथै, कम्पनीले २ वर्षसम्म घरको वारेन्टी दिएको छ । जसका दुई वर्षको अवधिमा भिल्लामा केही समस्या आएमा कम्पनीले निःशुल्क रुपमा सेवा दिनेछन् ।


क्लिकमान्डु