पद्मा कोलोनीले विभिन्न चरणमा ३ स्थानमा हाउजिङ निर्माण गर्ने



काठमाडौं । विभिन्न स्थानमा चार चरणमा कोलोनी निर्माण गर्दै आएको पद्मा कोलोनीले आगामी दिनमा अन्य ३ स्थानमा हाउजिङ निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा सितापाइला, दोस्रो चरणमा ललितपुरको कुसुन्ती, तेस्रो चरणमा रामकोट र चौथो चरणमा टौखेलमा हाउजिङ निर्माण कार्य अगाडि बढाएको छ ।

कम्पनीले विभिन्न ७ चरणमा छुट्टाछुट्टै स्थानमा हाउजिङ निर्माण गर्ने भएको जनाएको छ । कम्पनीले यसअघि चौथो चरणका ७० वटा युनिटको कोलोनी निर्माण कार्य अगाडि बढाइसकेको छ । साथै, बुकिङ खुल्ला गरेको कम्पनीका सिनियर मार्केटिङ अफिसर सरस्वती महर्जनले बताइन् ।

उनकाअनुसार कम्पनीले टौखेलको सम्पूर्ण कार्य सम्पन्न गरेपछि विस्तारै कम्पनीले बनाएको योजनाअनुरुप चरणबद्ध विभिन्न स्थानमा कोलोनी निर्माण गर्ने तयारी गरेको हो ।

चौथो चरणको धामाधम निर्माण कार्य अगाडि बढाएको पद्मा कोलोनीले आगामी दिनमा पाँचौ चरणमा डाडापौवा रामकोट, छैठौं चरणमा इटहरि सुनसरीमा र सातौं चरणमा ठूलो भर्याङ्मा कोलोनी निर्माण गर्ने भएको हो ।

डाडापौवा, रामकोट
कम्पमनीले पाँचौ चरणमा नागार्जुन नगरपालिकाको डाडापौवा रामकोटमा ३ सय वटा युनिटको कोलोनी निर्माण गर्ने तयारी गरेको छ । पहिलो चरणको कोलोनी निर्माण गरेको २ सय मिटर टाढाको स्थानमा रहेको पद्मा कोलोनीले रामकोटमा १२६ रोपनी जग्गामा ३ सय यूनिट कोलोनी निर्माण गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सो क्षेत्रमा निर्माण हुने कोलोनी सुविधायुक्त हुनेछ । साथै, स्वीमिङ पुल, पार्क, हरियाली, भित्री सडक ६ मिटरको र अन्य सुविधाहरू हुनेछ ।

इटहरि, सुनसरी
पद्मा कोलोनीले छैठौं चरणमा इटहरि सुनसरीमा निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले सुनसरीमा १२ विगाहा क्षेत्रफल जग्गामा ५ सय युनिटको कोलोनी निर्माण गर्ने भएको छ । कम्पनीले रामकोटको प्रोजेक्ट सकिने बित्तिकै सुनसरीमा निर्माण गर्नेछ । उक्त कोलोनी सुविधायुक्त हुनेछ । साथै, स्वीमिङ पुल, पार्क, हरियाली, भित्री सडक ६ मिटरको र अन्य सुविधाहरू हुनेछ ।

ठूलोभर्याङ, काठमाडौं
त्यसैगरी, कम्पनीले अन्तिम चरणमा काठमाडौंको ठूलोभ¥याङमा कोलोनी निर्माण गर्ने योजना बनाएको छ । तर, हालसम्म उक्त क्षेत्रमा कति युनिट बनाउने र कति रोपनीमा निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको कम्पनीले जनाएको छ । सो क्षेत्रमा पनि कम्पनीले अन्य कोलोनीकोजस्तै सेवा सुविधासहित निर्माण हुने दाबी गरेको छ ।

कम्पनीकाअनुसार निर्माण हुने हाउजिङमा बैंकिङ सुविधा, स्वीमिङपुल, जीम र योगा हल, बगैंचा तथा बालबालिका मनोरञ्जन गर्ने स्थलको व्यवस्था हुने जनाएको छ । त्यससँगै, ढलको उचित व्यवस्थापनसहित पानीको पनि सहजको व्यवस्थापन हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु