बिटक्वाइनको मूल्य फेरि ६० हजार डलर माथि, एक महिनामा ४०% ले बढ्यो



क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६० हजार डलर नाघेको छ । गत अप्रिलमा पहिलो पटक यो स्तरमा आएको बिटक्वाइनको मूल्य त्यसपछि ओरालो लागेको थियो । तर पछिल्लो एक महिनामा बिटक्वाइनको मूल्य ४० प्रतिशतले बढेर आइतबार ६० हजार डलरभन्दा बढी पुगेको छ ।

अमेरिकी रेगुलेटर्स क्रिप्टोकरेन्सीका लागि पहिले फ्युचर्स एक्सचेञ्ज ट्रेडेड फण्ड (इटीएफ)लाई अनुमति दिने समाचार प्रकाशित भएपछि बिटक्वाइनको मूल्य एक्कासी बढेको हो । समाचार अनुसार अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनले इटीएफलाई आगामी सातासम्म कारोबार गर्नका लागि अनुमति दिन सक्ने बताइएको छ । तत्कालिन समयमा कमिसनले इटीएफ बनाउने प्रयास सन् २०१३ मा रिजेक्ट गरिदिएको थियो ।

इटीएफ अर्थात् प्रडक्टलाई पछिको मितिमा मूल्य निर्धारण गरी बिक्री गर्न सकिन्छ । इटीएफलाई १८ अक्टोबरमा फाइलिङ हुन सक्ने बताइएको छ ।

उक्त समाचारले बिटक्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि बढेको छ ।


क्लिकमान्डु