दशैं बिदामा बैंकका कुन शाखा कति बेला खुल्छन् ?



काठमाडौं । मंगलबार(आजदेखि) दशैंको ५ दिन लामो बिदा सुरु भएको छ । दशैं बिदा सुरु भएपछि ५ दिनको लागि बैंक तथा वित्तीय संस्थाका शाखाहरु बन्द भएका छन् । पछिल्लो समय डिजिटल कारोबार बढेपनि बैंकहरुले दशैंको बिदाको समयमा केही शाखाहरु ३ देखि ४ घण्टासम्मको लागि खोल्नेछन् ।

बैंकहरुको काठमाडौं उपत्यका र उपत्यका बाहिरका प्रमुख सहरमा मात्र दशैं बिदामा शाखा खुल्ने छ । धेरैजसो बैंकहरुले दशैंको टिकाको दिन भने सम्पूर्ण शाखा बन्द गर्ने छन् । केही बैंकको भने दशैंको टिकाको दिन समेत शाखा खुल्ने छ । बैंकहरुको खुल्ने शाखामा नगद कारोबार बाहेक अन्य काम भने हुने छैन ।

ग्लोबल आइएमई


ग्लोबल आइएमई बैंकको ७ वटा प्रदेशमा विभिन्न स्थानको शाखा दशैं बिदामा खुल्ने छ । १ नम्बर प्रदेशको गाईघाट,इटहरि र धरान शाखा दशैंको टिका बाहेक अन्य दिन खुल्छ । २ नम्बर प्रदेशमा फुलपातीको दिनमात्र लाहान शाखा खुल्ने छ । बागमति प्रदेशमा कान्तिपथ र सुर्यबिनायकको शाखा दशैं बिदाको ५ दिननै खुल्छ । पानीपोखरी,लगनखेल र भरतपुरको शाखा दशैंको टिकाको दिन बाहेक अन्य दिन खुल्ने छ । लुम्बिनी प्रदेशको बुटवल,भैरहवा र नेपालगन्जको शाखा नवमीको दिन अर्थात असोज २८ मा खुल्ने छ । ७ नम्बर प्रदेशको धनगढी शाखा मात्र असोज २८ मा खुल्ने छ ।


एनआईसी एशिया


एनआईसी एशियाको दशैंको टिकाको दिन बाहेक विभिन्न शाखाहरु खुल्ने छन् । बागमति प्रदेशमा कर्पोरेट,न्यूरोड,चितवनको हाकिमचोकको शाखा खुल्ने छन् । यस्तै उपत्यका बाहिरका प्रमुख सहरमा पनि दशैंको बिदा बाहेक अन्य दिन शाखा खुल्ने छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको काठमाडौं उपत्यकाका शाखाहरु दशैंको बिदामा खुल्ने छन् । सिटिजन्स बैंकका कोटेश्वर,कलंकी,डिल्लीबजार,कमलादी,कुमारीपाटी तथा भक्तपुरका शाखाहरु नयाँ नोट सटहीको लागि खुल्ने छ ।

मेगा बैंक

मेगा बैंकका ७ प्रदेशका ३२ वटा शाखा दशैंको बिदामा खुल्ने छ । मेगा बैंकले फुलपातीको दिनमा मात्र शाखा खोल्ने छ । अन्य दिनमा भने शाखा बन्द हुने छ ।

सानिमा बैंक

सानिमा बैंकले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरु दशैंको बिदामा खोल्ने छ । सानिमा बैंकले दशैंको टिकको दिन भने शाखा खोल्ने छैन । उपत्यकाको हकमा नक्साल,चुच्चेपाटी,कुमारीपाटी,सुर्यबिनायक शाखा खुल्ने छ । काठमाडौं उपत्यका बाहिरको हकमा प्रमुख सहरमा रहेको एउटा मात्र शाखा रहेका शाखा दशैं बिदा टिका बाहेक अन्य दिन खुल्ने छ ।

नेपाल इन्भेष्टमेन्ट

नेपाल इन्भेष्टमेन्ट बैंकले दरवारमार्गको शाखा दशैंको टिकाको दिन समेत खोल्ने छ । काठमाडौं उपत्यकामा न्यूरोड,पुल्चोक,पुतलीसडकका शाखाहरु अष्टमी र नवमीको दिन बुधबार र बिहीबार खुल्ने छन् । काठमाडौं उपत्यका बाहिरका प्रमुख सहरमा बैंकले दशैंको टिका अगाडि निश्चित समयमा मात्र शाखा खोल्ने छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले उपत्यका र उपत्यका बाहिरका शाखाहरु दशैंको बिदामा खोल्ने छ । लक्ष्मी बैंकको शाखा नवमी दिनसम्म खुल्ने छन् । उपत्यकामा हात्तिसारको शाखा नवमीको दिनसम्म खुल्ने छ । उपत्यका बाहिरका प्रमुख सहरमा बैंकले नगदको लागि शाखा खोल्ने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले दशैंको टिकाको दिन बाहेक अन्य दिन शाखाहरु खोल्ने छ । उपत्यकाको हकमा मंगलबारदेखि बिहीबारसम्म पालो पालो शाखा खोल्ने छ । उपत्यका बाहिरको हकमा पनि प्रमुख सहरका शाखाहरु दशैंको टिकाको दिन बाहेक अन्य दिन खुल्ने छन् ।

एनएमबि बैंक

एनएमबि बैंकको उपत्यका भित्र कान्तिपथ र कुमारीपाटीको शाखा खुल्ने छ । एनएमबि बैंकले दशैंको टिकाको दिन भने शाखा पूर्ण रुपमा बन्द गर्ने छ । यसबाहेक उपत्यका बाहिरका प्रमुख सहरमा एनएमबिका शाखाहरु नगद सटहीको लागि खुल्ने छ ।

प्रभु बैंक
प्रभु बैंकको कर्पोरेट कार्यालय बबरमहल दशैंको टिकाको दिन असोज २९ गते शुक्रबार बाहेक अन्य दिन खुल्ने छ । यस्तै कमलादी शाखापनि दशैंको टिकाबाहेक अन्य दिन खुल्ने छ । उपत्यकाको हकमा न्यूरोड र ललितपुरको शाखापनि दशैंको टिका बाहेक अन्य दिन खुल्ने छ । प्रभु बैंकले उपत्यका बाहिरको हकमा भने प्रमुख सहरका प्रमुख बजारमा रहेका शाखाहरु दशैंको बिदामा खुल्ने व्यवस्था गरेको छ ।

नोट : कारोबार गर्ने बैंकहरुको वेवसाइटमा हेरेर आफूलाई पायक पर्ने स्थानको शाखा कतिबेला खुल्छ हेर्न सकिने छ


क्लिकमान्डु