मर्ज भएपछि शाखा खोल्न स्वीकृति नचाहिने व्यवस्था हट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज भएपछि काठमाडौं उपत्यका बाहिरका महानगर र उपमहानगरमा शाखा खोल्दा स्वीकृति नचाहिने व्यवस्था हटाएको छ ।

अबदेखि काठमाडौं उपत्यका र बाहिरको महानगर र उपमहानगरपालिकामा मर्ज भएका संस्थाले शाखा खोल्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाले महानगरपालिका र उप महानगरपालिकामा शाखा कार्यालय खोल्न राष्ट बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागु गरेको छ । छ शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण यस बैंकको रिपोर्टिब पोर्टलमा अद्यावधिक गर्नु पर्नेछ ।

वाणिज्य बैंक र वाणिज्य बैंक मर्ज भएमा भने काठमाडौं उपत्यका बाहिरका महानगर र उपमहानगरपालिकामा भने शाखा खोल्न केन्द्रिय बैंकको अनुमति लिनुपर्ने छैन ।


इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले काठमाण्डौ उपत्यका र महानगरपालिकामा एक्सटेन्सन काउण्टर खोल्न यस बैंकको स्वीकृति लिनुपर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशहरुमा सम्पर्क कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था लागु गरेको छ ।

यस व्यवस्था बमोजिम सम्पर्क कार्यालय खोलेको जानकारी १५ दिनभित्र यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा गराउनु पर्ने छ । सम्पर्क कार्यालयले निक्षेप र कर्जा सम्बन्धी कुनै कारोबार गर्न पाउने छैनन् ।


क्लिकमान्डु