कोभिड नेगेटिभ भएपछि काममा फर्के राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी



काठमाडौं । कोरोना भाइरस संक्रमित भएर विगत दुईसातादेखि घरमा आइसोलेसनमा बसेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रिपोर्ट नेगेटिभ आएसँगै काममा फर्केका छन् ।

सरकारले गभर्नर अधिकारी कोरोना संक्रमित भएर घरमा आइसोलेशनमा बसेपछि कामू गभर्नरको जिम्मेवारी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको थियो ।

राष्ट्र बैंकका गभर्नर अधिकारी मंगलबारदेखि नियमित कार्यालय जान थालेका हुन् । गभर्नर अधिकारीले राष्ट्र बैंकमा नियमित जान थालेसँगै रोकिएका केही काम समेत अगाडि बढ्ने भएका छन् । गभर्नर अधिकारीले मंगलबार नै हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ । आयात ह्वातै बढेको तथा बैंकहरुले विदेशी मुद्रामा नक्कली निक्षेप देखाएको कुरा समेत आएको छ । गभर्नर नियमित कार्यालय आउन थालेपछि केही नीतिगत व्यवस्था परिवर्तन हुनसक्ने छ ।


क्लिकमान्डु