नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोनाबाट संक्रमित भएका छन् । दुईवटा भ्याक्सिन लगाएपनि अधिकारीलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमण भएपछि अधिकारी अहिले घरमा नै बसेका छन् । अधिकारीलाई कोरोना संक्रमण देखिएपनि अवस्था भने सामान्य रहेको छ ।