दशैं सपिङः सुनसान सपिङ सेन्टर, असन र फुटपाथमा भने भिड



काठमाडौं । स्थानीय र साना बजारमा ग्राहकको संख्या तुलनात्मक रूपमा बढे पनि ठूला सपिङ मल र ब्राण्डेड पसलहरुमा दशैंको समयमा पनि ग्राहकको न्यून उपस्थिती मात्रै देखिएको छ ।

दशैं शुरु हुन केही दिन मात्रै बाँकी रहँदा पनि ठूला भनिने सपिङ सेन्टरमा ग्राहकको संख्या पातलो छ । यद्यपि न्यूरोड, असन जस्ता स्थानमा भने भिड यति बढेको छ कि खुट्टा हाल्ने ठाउँसम्म नपाउने अवस्था छ ।

दशैं जस्ता चाडपर्वमा सपिङ गर्नेको संख्या अन्यत्र जस्तै सपिङ मलहरुमा पनि देखिनु पर्ने हो तर सपिङ मलहरुले विभिन्न अफरमार्फत् ग्राहक आकर्षित गर्न खोजे पनि त्यो प्रयास सफल भएको देखिन्न् ।

तर यसपाली भने त्यस्तो भएको छैन् । प्रायः सपिङ सेन्टरहरु सुनसान जस्तै छन् । तर न्यूरोड, असन, महाबौद्ध जस्ता स्थानमा भने ग्राहकको अत्यधिक भिड बढेको छ ।

करिब ७० लाखको जनसंख्या रहेको रहेको उपत्यकामा चाडवाडको बेलामा मुख्य सपिङ सेन्टरमा भिडभाड देखिनु पर्ने भए) पनि प्रायः सपिङ मल खाली जस्तै छन् ।

सपिङ सेन्टरले चालाएको अफरमा नगद छुट सहित सुनचाँदी, मोबाइल, ल्यापटपदेखि मोटरसाइकलसम्म जित्न सक्ने अवसरसम्मका अफर छन् । तर ग्राहकको संख्या अपेक्षा गरे अनुसारको छैन ।

त्यसो हुनुमा अनलाइन सपिङको बढ्दो कारोबार भएको व्यवसायीहरुको तर्क छ ।

सिटी सेन्टरका व्यवस्थापक दिपेन्द्र श्रेष्ठ अनलाइनबाट सपिङ गर्ने क्रम बढेसँगै मानिसहरु घरबाट बाहिर निस्कन नचाहेको बताउँछन् । पछिल्लो समय कोरोना महामारीका कारण अनलाइनबाट सपिङ गर्नेको संख्या बढिरहेको छ ।

इन्द्रचोक

सिटी सेन्टर
सिटी सेन्टरका व्यापारीहरुल १० देखि ५० प्रतिशतसम्म छुटको अफर ल्याएका छन् । सिटी सेन्टरको दास्रो तल्लामा रहेको पुमाले भारी डिस्काउन्टको व्यवस्था गरेको छ । एउटा सामान किन्दा ५० प्रतिशत छुट पाउन छन् । पहिलो तल्लामा रहेकोे सुज एक्सप्रेसले पनि ३५ प्रतिशतसम्मको डिस्काउन्टको व्यवस्था गरिएको छ । सिटी सेन्टरले डिस्काउन्टका साथै बम्पर पुरस्कारमा २ जनालाई बाहिर देश घुम्ने अवसर प्रदान गर्ने छ ।

सिटी सेन्टर

सिभिल मल
न्यूरोड नजिकै रहेको सिभिल मल काठमाडौको नाम चलेको सपिङ सेन्टर हो । अन्य मलभन्दा सिभिल मलमा अलि बढी तामझाम देखिएको छ । सिभिल मलमा व्यवस्थापनले नै फिक्स प्राइज राखको छ भने केही अफर सार्वजनिक गरेको छ । कपडाको ब्राण्ड ल्याण्डमार्क काजाले ३० प्रतिशतभन्दाबढीको डिस्काउन्टको व्यवस्था गरेको छ ।

सिभिल मलमा सबै उमेर समूहका लागि कपडा, बच्चाका लागि खेलौना, कस्मेटिक सामान, इलेक्ट्रोनिस समानदेखि आवश्यक पर्ने सबै प्रकारका समान उपलब्ध हुने गरेको गरेको थियो तर यसपालि भने प्रायः जसो बन्द नै छन् ।

सिभिल मल

काठमाडौं मल
दशैं नजिकिदै गर्दा काठमाडौ मलमा कुनै तामझाम छैन । तर यो वर्ष भने कुनै पनि दशै विषेश छुटको व्यवस्था मलबाट भएको छैन । तर, केही व्यापारीहरुले भने आफ्ना ग्राहकहरुलाई २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । यो मलमा पनि यो पालि सुनसान अवस्थामा छ ।
यस्तै अन्य सपिङ सेन्टरमा पनि छुटको व्यवस्था गरिएको छ । जस्तै लाबिम मल, बिजि मल, केएल टाओरदेखि भाटभटेनीलगायतका सपिङ सेन्टरमा २० देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । तरपनि, यस क्षेत्रहरुमा अहिले ग्राहकको चाप देखिदैन ।


क्लिकमान्डु