यी कम्पनीले सेयरधनीलाई दिने भए दशैं खर्च, वाणिज्य बैंकहरुले तिहारपछि दिने



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत ८ वटा कम्पनीले मात्र सेयरधनीलाई दशैंमा खर्च दिने गरेर साधारणसभा गर्ने भएका छन् ।

अहिलेसम्म नेप्सेमा सूचिकृत कम्पनीमा ४ वटा कम्पनीले साधारणसभा गरिसकेका छन् । साधारणसभा गरेर सेयरधनीलाई लाभांशको खुवाउने ४ वटा कम्पननी जलविद्युत् क्षेत्रका कम्पनी छन् ।

नेप्सेमा सूचिकृत कम्पनीमा अरुण कावेली १७ प्रतिशत बोनस दिने निर्णय गरेको छ । अरुण कावेलीले भर्दा भदौ ११ गते साधारणसभा गरेको छ ।

यस्तै अपी पावर १०.५ प्रतिशत बोनस सेयर दिएको छ । अपी पावरले भदौ २५ मा साधारणसभा गरेको छ । सिनर्जी पावर २० प्रतिशत बोनस सेयर दिने गरेको छ । सिनर्जीले भदौ १८ मा साधारणसभा गरेको छ । न्याङ्दी २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीले असोज ३ मा साधारणसभा गरेको छ ।

दशैं अगाडि साधारणसभा गर्नेमा एउटा लघुवित्त, ल्युव कम्पनी र बाँकी जलविद्युत् कम्पनी हुनेछन् । डिप्रोक्स लघुवित्तले असोज ८ गते बुकक्लोज तोकेर असोज २५ मा साधारणसभा गर्न लागेको छ । डिप्रोक्सले २० प्रतिशत बोनस सेयर १.५ प्रतिशत नगद लाभांश दिनेछ ।

अरुण भ्याली हाइड्रोपावरले असोज २४ मा साधारणसभा गर्न लागेको छ । अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिन लागेको छ ।

नेपाल ल्युव आयल ३० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिने छ । सोमबार असोज १८ मा साधारणसभा गर्ने छ ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७÷७८ बाट १० प्रतिशत बोनस सेयर दिन लागेको छ । कम्पनीले असोज १६ मा साधारणसभा गर्नेछ ।

दशैं पछाडि भने सानिमा माइ हाइड्रोपावरले साधारणसभा गर्ने छ । सानिमा माइले १० प्रतिशत बोनस सेयर, ०.५२ प्रतिशत नगद लाभांश दिने छ । जसको बुक क्लोज असोज १८ मा तोकिएको छ भने कात्तिक ११ साधारणसभा हुनेछ ।

वाणिज्य बैंकमा अहिलेसम्म ४ वटा बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय स्तरका विकास बैंकमा एउटा र पूर्वाधार विकास बैंकले पनि लाभांश घोषणा गरेका छन् । बैंकको साधारणसभा भने कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातादेखि शुरु हुने देखिन्छ ।


क्लिकमान्डु