निम्बसद्वारा किरा लाग्नबाट बचाउने प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु



काठाडौं । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु गरेको छ ।

अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम हुँदैन ।

नो–किरा वोरा ले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ । यस झोलाको हरेक रेसामा रहेको किटनाशकले किरा लाग्नबाट जोगाउँछ । र, उत्पादनको प्रभावकारिता वृद्धि गर्छ । यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो ।

थुप्रै विकसित राष्ट्रहरूमा आफ्नो प्रभावकारिता देखाइसकेको यो उच्च प्रविधि १० वर्षको अनुसन्धान र विकासको प्रतिफल हो । नो-किरा झोलाहरु बीऊ र अन्नहरुमा हुने घाटालाई कम गर्छ । यो झोला चाडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु