न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आइपीओ असोज १५ गते निष्कासन भइ छिटोमा असोज १९ गते र ढिलोमा असोज २१ गतेसम्म निष्कासन खुला हुनेछ ।

कम्पनीले उत्पादन गर्ने विद्युत् प्रतिमेगावाट २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ लागत रहेको छ ।


क्लिकमान्डु