सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने



काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकका लागि सस्तो डिलले विभिन्न छुटका योजना ल्याएको छ । जसमा सस्तो डिलले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो ।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भ’का आधारमा छुट प्रदान गरिने छ । यो योजना असोज १० गतेदेखि असोज १५ गतेसम्म लागू हुनेछ ।


क्लिकमान्डु